सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठले साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजको कवितासङ्ग्रह ‘मेरो घाम’को लोकार्पण गरेका छन् ।
आमा कविताबाट सुरु भएको कवितासङ्ग्रहम देशप्रेम, राजनीतिक बेथिति, सामाजिक विकृति, प्रमप्रणय, मानवीय संवेगहरू आदि जस्ता विषयहरू समेटिएका छन्।
आफूभन्दा ठूलालाई सम्मान र सानालाई प्रोत्साहन दिने विषयका कविताहरु पनि रहेका छन् । विविध शीर्षकका ५३ वटा कविताहरू सङ्ग्रहित रहेको कविता सङ्ग्रह पितामा गएर टुङ्गिएको छ।
साहित्यकार लाकोजूका यो कवितासङ्ग्रहभन्दा अगाडि भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), शाश्वत स्वरहरु (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह),.मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती, पनौतीको बाह्वर्षे मकरमेला, स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (बालपरिचय पुस्तक), घाम उदायो (बालकवितासङ्ग्रह) जस्ता कृतिहरु प्रकाशित छन् ।
लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका सूर्य लाकोजूको यो कवितासङ्ग्रह अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको हो ।
काभ्रे सेवा समाजद्धारा आयोजित सो कार्यक्रममा काभ्रे जिल्लामा मन्मिएर नेपाल र नेपाली समाजका विविध क्षेत्रमा उल्लेखनी योगदान पु¥याएबापत साहित्यकार सूर्यप्रसाद लाकोजू, राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णु ओम बादे, रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा कविता सङ्ग्रहको विमोचन गर्दै प्रमुख अतिथि सरुभक्तले साहित्यको महत्व सर्वोपरि रहेको विचार ब्यक्त गर्नुभयो । समाज, राष्ट्र, मानवता, सामाजिक साँस्कृतिक परिवेश बोकेका कविताहरू कालजयी बन्छ उनले भने । विशेष अतिथि डा. तुलसी भट्टराई, साहित्यकारहरू डा. नवराज लम्साल, डा. कुमार कोइराला, प्रा ज्ञानू अधिकारी, मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, प्रल्हाद के.सी लगायतले आ आफ्ना मन्तब्य ब्यक्त गरेका थिए ।