कथा काठमाण्डु' फिल्मको ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्म प्रेम, पैसा र धोकामा आधारित भएको देखाएको छ। ट्रेलरबाट फिल्मले काठमाडौं शहरमा बस्ने विभिन्न पात्रकोको एकअर्कासँग जेलिएको शहरिया कथा भन्ने संकेत गरेको छ।
संगीता श्रेष्ठको निर्देशकिय डेब्यू मा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, सन्ध्या केसी तथा संजोग कोइरालाको प्रमुख अभिनय रहेको छ।
फिल्म असोज १२ मा रिलिज हुनेछ।