सांगीतिक प्रेमकथा दाबी गरिएको 'अनुराग'ले आफ्नो ट्रेलर रिलिज गरेको छ।
चर्चित पत्रकार ऋषि धमालाकी पत्नी एलिजा गौतमले अभिनय गरेका कारण चर्चामा रहेको फिल्म असोज १२ मा रिलिज हुनेछ।
फिल्ममा अनु र राग नामका दुई पात्रको प्रेमकथा प्रस्तुत गरिएको छ। सत्यराज चौलागाईंको निर्देशकिय डेब्यू सिनेमा शीर्ष भूमिकामा एलिजासँग समुन्द्र पंडितले जोडी बाँधेका छन्।
गौतल र पंडित दुबैको यो डेब्यू सिनेमा हो।
सिनेमामा एलिजा र समुन्द्रका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको सिनेमालाई भरत गौतम र गीता भेटवालको पनि लगानी रहेको छ । भने सिनेमाका छायांकार रामकुमार केसीले गरेका हुन् ।
ऋषि धमला फिल्मका प्रस्तुतकर्ता हुन्।