असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘छिरिङ’को टिजर रिलिज भएको छ ।
सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार यश कुमार, निमा रुम्बा कामना भुजेललाई देख्न सकिन्छ । बहुपती प्रथामा निर्माण भएको ‘छिरिङ’बाट गायक निमा रुम्बाले ‘कागवेनी’ पश्चात १५ वर्ष पछि नेपाली फिल्ममा फर्किएका छन्।
पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही सिनेमाबाट निर्देशनमा डेब्यू हुँदैछन् । दुई पति भएकी युवतीले भोग्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध सिनेमाको कथावस्तु हो ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।