प्रशान्त ताम्राकारले अभिनित तेस्रो सिनेमा ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ ।
सिनेमाले ‘कोया कटरको’ बोलको गीत रिलिज गरेको हो।
गीतमा मुख्य पात्र प्रशान्त ताम्राकार, दीया मास्के, रिजन थापा, पुजन थापा र राजराम पौडेललाई नाचेको देख्न सकिन्छ।
'कोया कटरको' गीतका संगीतकार बाबुल गिरी हुन् भने रचना दिनेश सुवेदीको रहेको छ। गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङत्यान युगल स्वर छ ।
गीतका कोरियोग्राफर रविन शाह हुन् । छायांकनको अन्तिम चरणमा रहेको सिनेमाका निर्माता जय गौतम हुन् । प्रेमकथानक सिनेमालाई बि एस बलामी र एस के अधिकारीले संयूक्तरूपमा निर्देशn गरिरहेका छन् ।
सिनेमामा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनालआदिको अभिनय छ।
सिनेमालाई एस के अधिकारी तथा शेखर ज्ञवालीले संयूक्तरूपमा लेखेका हुन्।