साम्राज्ञी राज्यलक्ष्मी शाहको नयाँ सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ ।
धिरज मगरको डेब्यू सिनेमाको सार्वजनिक ट्रेलरले प्रेमकथालाई महत्व दिइएको छ।
असोज ५ मा रिलिज हुने सिनेमामा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।
फिल्मबाट कोरियोग्राफरका रूपमा चर्चा बटुलेकी रेनेशा बान्तवा राईले निर्देशनमा डेब्यू गर्दैछिन्। अभिमन्यु दिक्षित र रेनाशाले लेखेको फिल्ममा संवाद भने आभास कर्माचार्यले लेखेका हुन् ।
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।