पछिल्लो समय एकअर्कासँग प्रेममा रहेका भनिएका अभिनेता सौगात मल्ल तथा अभिनेत्री एव पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ फिल्मी पर्दामा जोडी बनेर देखिने भएका छन्।
सौगात र श्रृष्टि सञ्जिब न्यौपानेको निर्देशकिय डेब्यू फिल्म 'मासु भात एकसाथ आउन थालेका हुन्। फिल्मका लागि दुबै जनालाई अनुबन्ध गरिसकिएको छ।
फिल्मका अन्य कास्ट र क्रुको जानकारी भने केहि दिनमा पत्रकार सम्मेलन गरेर दिने तयारी फिल्म निर्माणपक्षको योजना रहेको छ। हाल फिल्मको छायाँकन स्थल हेर्ने काम भइरहेको छ।
सौगातले यसअघि सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा बनेको न्यौपानेको निर्देशित 'स्टोरी अफ अ तामाङ गर्ल' मा काम गरिसकेका छन्।
‘मासु भात’को कथा स्वयं निर्देशकले लेखेका हुन्।