आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
फिल्म असोज ५ गते रिलिज हुनेछ। सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आर्यन र श्रृष्टिले अभिनय गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर छ ।
‘बाँध मायाले’लाई 'कसले चोर्यो मेरो मन' फेम निर्देशक सविर श्रेष्ठले निर्देशन गरेका हुन् । काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् ।
‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गदैछन् । सिनेमामा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।