कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकिय डेब्यू ‘इन्टु मिन्टु लन्डनमा’ को दोश्रो गीत सार्वजनिक भएको छ।
फिल्मको ‘लन्डनमा’ बोलको गीत रिलिज गरिएको हो। गीतमा सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको छ। भिडियोमा फिल्मका मुख्य नायक धिरज मगर फिचर रहेका छन्।
‘इन्टु मिन्टु लन्डनमा’ धिरजले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन्। यो उनको डेब्यू फिल्म हो।
यसैगरी फिल्ममा धिरज र सम्राज्ञीको साथमा दिल भुषण पाठक, रुवी राना, विजय लामा, शारुक ताम्राकार, सुनिता ठाकुर श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।
प्रभु सम्शेर रना र प्रज्ज्वल शमशेर रानाले निर्मित फिल्म असोज ५ गते रिलिज हुनेछ।