विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठ स्टारर ‘प्रसाद’ मंसिर २१ मा रिलिज हुने भएको छ।
आइतबार ४१ औं दिनमा प्याकअप भएको 'प्रसाद'ले इन्डक्ल्याप गर्दै सो रिलिज मिति तोकेको हो। फिल्म निस्सन्तान दम्पतिको कथामा निर्माण भएको छ ।
फिल्मका निर्देशक दिनेश राउत हुन् । ‘प्रसाद’मा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिस क्षेत्रीको संगीत, विकास सुवेदीको सह निर्देशन रहेको छ । फिल्मलाई सुशिल पौडेलले लेखेका हुन्।