'रामकहानी' फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, वील्सन विक्रम राई आदिको मूख्य भूमिका रहेको छ।
सार्वजनिक भएको ट्रेलरले प्रेमकथामा 'हरर'को समिश्रण रहेको देखाएको छ।
प्रेमकथामा आधारित सफल फिल्मका लागि परिचित सुदर्शन थापा फिल्मका निर्देशक हुन्। विशुद्ध प्रेमकथा फिल्ममा सफल थापाको प्रेमकथा र हररको समिश्रणले कस्तो परिणाम दिनेमा कौतुहलता उत्पन्न गराएको छ।
गत वर्ष उनी निर्देशित 'म यस्तो गीत गाउँछु' वक्सअफिसमा हिट सावित भएको थियो।
फिल्म भदौ २२ मा रिलिज हुनेछ।