निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले साथै अभिनय गरेको पहिलो म्युजीक भिडियो सार्वजनिक भएको छ ।
गायक महेश काफ्लेको आवाजमा रहेको ‘नाच फिरिरि..’ बोलको भिडियोमा निश्चल र स्वस्तिमा पहिलो पटक सँगै देखिएका हुन् । गीतमा शब्द तथा सङ्गीत पनि स्वयमं गायक काफ्लेकै हो ।
गीतमा महेशसँगै गायिका मेलिना राईको पनि स्वर रहेको छ । पोखरामा छायाङ्कन गरिएको भिडियोका निर्देशक निश्चल हुन् ।
भिडियोमा निश्चल र स्वस्तिमाको साथमा पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेसमेत फिचर भएका छन् । शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भने भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।