९० को दशकमा युवा श्रोतामाझ 'साँझ पख एकान्तमा...', 'डर लाग्छ...', 'तिमीले हेर्दा कसैलाई...' आदि गीतका कारण सर्वाधिक लोकप्रिय भएका पप गायक नविन के भट्टराईको नयाँ गीतको भिडियो रिलिज भएको छ।
भट्टराईको ‘अनिदो भए’ बोलको गीत सार्वजनिक भएको हो । नविन के भट्टराईको स्वरसँगै संगीत रहेको गीतलाई नविना भट्टराईले लेखेकी हुन् ।
उक्त गीतको म्युजिक भिडीयोमा दिपान्स भन्डारी र रोजा खड्गीको अभिनय देख्न सकिन्छ ।