बालबालिका संवेदनशील हुन्छन्। स–साना कुराले बिथोलिन्छन्। माया ममताका भोका हुन्छन्। त्यसैले उनीहरूलाई अभिभावकको समयको महत्त्व हुन्छ।
सहरीकरणसँगै भने आजकलका मानिसमा यी कुरा सोच्ने फुर्सद हराउँदै गएको छ। नाटक ‘मिस्टर फक्स एण्ड द स्कुल ब्वाइ’ मा झैं अभिभावक पैसाको पछाडि दौडिएर व्यस्त भएका छन्। यसैले त बालबालिकालाई समय नै छुट्याउदैनन्।
आफूभन्दा टाढा होस्टलमा राख्छन्। घण्टौं बस स्टपमा कुराउँछन्। अनि त बालबालिकाको मनोविज्ञानमा यस्ता कुरा खेल्न थाल्छन्, ‘म पनि ठूलो भएपछि तपाईंलाई होस्टलमा राख्छु।’ टेकुस्थित कौसी थिएटरमा नाटक ‘मिस्टर फक्स एण्ड द स्कुल ब्वाइ’ मञ्चन भइरहेको छ।
नाटकले बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धको कथा भन्छ। अभिभावकलाई पर्खिरहेको बेला बालकको भेट ‘मिस्टर फक्स’सँग हुन्छ। त्यहीबेला ‘मिस्टर फक्स’ले मानवीय गतिविधिबाट प्रकृति अनि जनावरलाई कसरी असर पुगिरहेको छ? भन्ने दुखेसो पोख्छ।
चे शंकरले परिकल्पना एवं निर्देशन गरेको नाटकले जनावर संरक्षण र त्यसको महत्त्वको सन्देश दिन्छ। नाटकललाई गार्डेन थिएटरले निर्माण गरेको हो।
यसअघि नै नाटक नाचघर र कलकत्तामा मञ्चन भैसकेको थियो।
नाटकको मञ्चन हुने आज अन्तिम दिन हो। नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय छ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
सबै तस्बिर : नारायण महर्जन