अष्ट्रेलियामा रहेका युवा व्यवसायीहरूको लगानीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ भदौ १ गते बजारमा आउने भएको छ।
फिल्म आउनु केही साता अगाडि यसको नयाँ गीत टुल्की सार्वजनिक भएको छ।
‘ए मेरी टुल्की नलाई बाडुल्की’ नामक गीत सार्वजनिक भएको हो।
चलचित्रको कथावस्तुमा ढलेको यो गीतमा सुदूरपश्चिमका केही लोकस्वरमा पनि गीतमा समिश्रण गरेर नयाँपन दिन खोजिएको छ।
अष्ट्रेलियामा रहेका चलचित्रप्रेमीहरू खिलेन्द्रराज तिम्सिना, प्रजापती सिवाकोटी र मुकेश रेग्मीको निर्माणमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ नेपाली चलचित्रको नयाँ प्रयोग भएको बताइएको छ।
चलचित्रको ट्रेलर भने यसै हप्ता सार्वजनिक हुँदैछ ।
निर्देशक बिसारद बस्नेतको निर्देशन रहेको यो चलचित्रमा विजय बराल,गौरव पहाडी,भोलाराज सापकोटा,रवीन्द्र झा, कमलमणी नेपाल तथा सृजना सुब्बा र मरिस्का पोखरेलको मुख्य भूमिका रहेको छ।
नेपाल तथा विदेशमामा आगामी भदौ १ अर्थात् अगष्ट १७ मा प्रदर्शन गरिने तिम्सिनाले बताए।