रिलिजको ठीक एक साता अगाडी आर्यन र साम्राज्ञी पहिलो पटक जोडी बनेको 'कायरा'को दोश्रो गीत रिलिज भएको छ।
सार्वजनिक गीतमा दुबेजना एकअर्कासँग निक्कै प्रेमिल देखिएका छन्। फिलिपिन्समा छायाँकन गरिएको यस गीतमा सुगम पोखरेल तथा श्रेया सोताङको स्वर रहेको छ।
नरेश भट्टराईको शब्द रहेको गीतमा संगीत कल्याण सिहंले दिएका छन्। गीतमा प्रविण सिंहको कोरियोग्राफी छ।
आगामी साता साउन १८ मा रिलिज हुने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।