आँचल शर्मा र आकाश खड्का अभिनित सिनेमा ‘ब्ल्याक’को ट्रेलर रिलिज भएको छ ।
प्रेमकथा फिल्मका निर्देशक प्रदीप श्रेष्ठले निर्देशन हुन् । फिल्म भदौ १ मा रिलिज हुने घोषणा गरिएको छ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल अभिनय रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन रहेको सिनेमालाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।