फिल्म ‘बिरंगना’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको 'तिम्रो हाम्रो मायामा बियर परेछ' बोलको गीत सार्वजनिक भएको हो।
गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रशाईले कम्मर मर्काएका छन् । दीपक शर्माको संगीत, रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ । गीतको कोरियोग्राफर सुरेन्द्र बसेलले हुन् ।
राजबहादुर सानेको लेखन/निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय छ ।
फोर्थ आई मुभिजको व्यानरमा निर्मित फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ, बिमला भट्टको लगानी छ । फिल्म असार २९ मा रिलिज हुँदैछ ।