रूसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा शैली थिएटरले नाटक मञ्चन गरेको छ। २१९ वर्षअघि जन्मेका पुस्किनको सम्झनामा नाटक ‘माझिँ र सुनौलो माछा’ मञ्चन गरिएको हो।
नाटकले अनावश्यक लोभले जीवनलाई सङ्कटतर्फ लैजान्छ भन्ने सन्देश बोकेको थियो।
माझीकी श्रीमती र सुनौलो माछा मुख्य पात्र हुन्। माझीले समुन्द्रमा माछा मार्ने र बेच्ने काम गरि आफ्नो परिवारको आवश्यकता मुस्किलले पुरा गर्छ। एकदिन माछा मार्दा एक सुनौलो माछा फेला पार्छ। उक्त माछाले आफूलाई छोडी दिए उसले भनेको पुरा गरिदिने बाचा गर्छिन्। मान्छे जस्तै गरि बोलेको माछालाई दयालु माझीले छोडिदिन्छ। तर, उनको श्रीमतीले माझिलाई फेरि समुन्द्र गई घरमा आवश्यक कुरा माग्न लगाउँछिन्। सुनौलो माछाले उक्त आवश्यकता पुरा गरिदिएपछि माझीले श्रीमतीलाई लोभ पलाउँछ। अब पालै पालो आफ्नो श्रीमानलाई भनि आफ्नो लागि दरबार, अनि आफू धनि मान्छे र रानी बन्ने चाहँना पुरा गराउँछिन्। अन्तिममा उनले सुनौलो माछालाई नै आफ्नो नोकर बनाउने चाहना राखेपछि सबै सुख सुविधा हराउँछ। उनीहरू फेरि पहिलेको अबस्थामा पुग्छन्।
अंग्रेजी भाषामा मञ्चन भएको नाटकमा सशांक बोहोरा, स्नेहा पौडेल, श्रस्था घिमिरे, सुभम ज्ञवाली, रोविन तामाङ, सुवास सुवेदी, सदीन लुइँटेल, शिशिर अर्याल, देवेन्द्र बब्लु, दीपिका राईले अभिनय गरेका थिए।
आर्यन न्यौपानेले निर्देशन गरेको नाटकलाई संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले प्रसंसा गरेका थिए। वास्तविक लाग्ने विम्वको प्रयोग गरि मञ्चन भएकोले नाटक रमाईलो भएको उनले बताए।
नाटक मञ्चन हुनुअघि पुस्किनसँग सम्बन्धित बिभिन्न डकुमेन्ट्री र पुस्तकहरु पनि प्रदर्शन गरिएको थियो।