रेखा थापाले आफ्नो दोस्रो निर्देशकिय फिल्म 'मालिका' २९ दिनमा प्याकअप गरेकी छन्। उनले सोमबार जाजरकोटमा अन्तिम सट खिच्दै फिल्मको छायाँकन समापन गरेकी हुन्।
निर्देशनसँगै रेखाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी नन-एक्टर कमला ओलीलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छिन् ।
फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको रेखाको भनाई छ ।
नर बहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।
मालिका मा निर्माताको रुपमा सरस्वती थापा र तारा थापाको नाम रहेको छ । मालिका बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । रेखाले तिहारमा मालिका रिलिज गर्ने घोषणा गरेकी छन् ।

