नेपाली लघु फिल्म ‘विंग्स’ लाई कान फिल्म फेस्टिभल २०१८ मा पुरस्कृत गरिएको छ।
यस वर्षको नेस्प्रेसो प्रतिभा पुरस्कार जित्न सफल भएको फिल्मलाई कानमा पुरस्कृत गरिएको हो।
विश्वभरका १८०० फिल्मकर्मीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ‘विंग्स’ प्रथम हुन सफल भएको थियो। इस्ट्रिमिङ्ग पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई किरण पोखरेलले निर्देशन गरेका हुन् भने संजीव आचार्य र कमल रिजालले निर्माण गरेका हुन्।
फिल्म निर्माता संजीव आचार्यका अनुसार यो एक यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता हो जसले फिल्म निर्मातालाई ९: १६ ठाडो ढाँचामार्फत् आफ्ना कथाहरू बताउन प्रोत्साहन एवं चुनौती दिन्छ।
यो वर्ष नेस्प्रेसोको कथावस्तु ‘द डिफ्रेन्स सि मेक्स’ थियो। त्यसै कथावस्तुमा आधारित विंग्सले एक महिलाले स्वतन्त्रताका लागि गरेको प्रयासलाई देखाएको छ।