गायक राज सिग्देलको स्वरमा सजिएको 'उनको मेरो दुरी चल्यो' बोलको गीत रिलिज भएको छ।दिपक शर्माको संगीतमा तयार भएको गीतलाई शान्तिप्रियले लेखेका हुन्।
सार्वजनिक भएको गीतमा प्रेमिकासँग बिछोडिएका प्रेमीको पीडा अभिव्यक्त भएको छ।माधवराज खरेलको सम्पादन तथा छायाँकन रहेको रहेको गीतको भिडियोलाई शान्तिप्रियले नै निर्देशन गरेका हुन्।
गीतको भिडियोमा सुशान्त कार्की, अनामिका चौलागाईं तथा रश्मी रोदनको अभिनय रहेको छ।