‘होराइजेन्टल’ वा ‘भर्टिकल’ दुई साधा क्यान्भास।
कुनै पनि चित्र बनाउँदा सबैभन्दा महत्वपूर्ण छन्। बबरमहलस्थित आर्ट काउन्सिलमा भइरहेको प्रदर्शनीमा सुरूआतमा नै यी क्यान्भासहरू देख्न सकिन्छ। सिर्जना कलेज अफ फाइन आर्टसका विद्यार्थीहरूको कला काउन्सिलमा प्रदर्शन भइरहेको हो।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको कलामा एक वर्षअघि देखि उनीहरूले सिकेको कुरालाई क्रमबद्ध रूपमा राखिएको छ। फन्डामेन्टल, लाइन, प्रोर्पसन टेक्सचर, रंगको प्रयोग हुँदै मास्टर्स कपि, इकं एण्ड पेन, एप्लाइड आर्ट लगायतका चित्रमा पुग्दा विद्यार्थीहरूको विकास कसरी भइरहेको छ? भनेर देख्न सकिन्छ।
यस्तो लाग्छ बेसिकबाटै सुक्ष्म ढंगमा कलालाई बुझ्न चाहनेका लागि प्रदर्शनी उपयोगी छ।
‘विद्यार्थीहरूको आत्मबल बढोस् र उनीहरूको काम पनि फैलियोस् भनेर प्रदर्शनी गरेको हो,’ कलेजका शिक्षक रोशन भण्डारीले भने, ‘सिर्जनाका विद्यार्थीको मेहेनत त देखिन्छ नै। कला बुझ्न चाहनेका लागि पनि महत्त्वपूर्ण छ।’
सहभागी विद्यार्थीहरूले पनि उर्जा थपिएको र कामको उचित मूल्यांकन भएको प्रतिक्रिया दिए।
प्रदर्शनी जेठ २२ सम्म चल्नेछ।




सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी