उज्वल घिमिरेले निर्देशनमा बन्न लागेको ‘लभ स्टेशन’ फिल्ममा ‘लिलिबिली’का प्रमुख पात्र प्रदीप खड्का र जशिता गुरुङको जोडी दोहरिने भएको छ।
प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको फिल्मका लागि अन्य दुई अभिनेत्रीको खोजी भैरहेको छ । निर्माता शाहीका अनुसार सिनेमामा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ ।
प्रदीप हाल निरक पौडेलको निर्देशनमा बनिरहेको ‘रोजी’मा व्यस्त छन् । ‘रोजी’ सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको बताइएको छ ।