चलचित्र ‘बाबु कान्छा’ले फस्ट लुक सार्वजनिक गर्दै रिलिज मितिको समेत घोषणा गरेको छ।
फिल्म असार २९ गते रिलिज हुनेछ।
सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई नै पोस्टरमा प्रस्तुत गरिएको छ । पछिल्लो समय निकै व्यस्त रहेका नायक सलोन बस्नेतले आफ्नो अभिनय मार्फत चौतर्फी तारिफ बटुलेका छन्।
चलचित्र ‘बाबु कान्छा’ बाट पनि दर्शकको माया अझै पाउने सलोनको विश्वास रहेको छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।
फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।निर्माण पक्षले फिल्मको ट्रेलर चाडै सार्वजनिक गर्ने बताएको छ।
रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।
बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ छ।
फिल्ममा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

