साउथ अफ्रिकाकी २२ वर्षिय डेमी ले नेल पीटर्सले यस वर्षको मिस युनिभर्सको उपाधि प्राप्त गरेकी छन्।
सोमबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्।
डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन्। याे ताजसँगै झन्डै ३९ वर्षको खडेरीलाई डेमीले तोडिदिएकी छन्।
‘मिस युनिभर्स आत्मविश्वासी हुन जरुरी छ।’ डेमी ले भनिन्, ‘मिस युनिभर्स त्यो महिला हो, जसले थुप्रै डरहरूको सामना गरेकी हुन्छिन् र साथै उनले अरु महिलाहरूको डरलाई पनि घटाउन मद्धत गर्छे र मलाई लाग्छ म त्यस्तै महिला हुँ।’
मिस युनिभर्समा फस्ट रनरअपको ताज कोलम्बीयाकी लारा गोन्जालिजले हात पारेकी छन् भने जमैकाकी दाभिना बेनेट सेकेन्ड रनरअप भइन्।
नेपालबाट नग्मा श्रेष्ठले पहिलो पटक मिस युनिभर्समा प्रतिनिधित्व जनाएकी थिइन्।
https://youtu.be/_rX8LWHU5mw