सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले जित निकालेको छ। चौथो स्थानमा उक्लने क्रममा थ्रीस्टारले शनिबार भएको संकटालाई १-० गोलले हरायो।
थ्रीस्टारको जितमा विजय भूजेलले गोल गरे। उनले खेलको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरे।
यता त्रिभुवन आर्मी क्लबले रेलिगेसन जोनको फ्रेन्ड्सलाई ३-१ गोलले हरायो।
आर्मीका लागि जगजित श्रेष्ठले दशौं, दिनेश हेन्जनले ४५ र सुमन अर्यालले ७१ मिनेटमा गोल गरे। फ्रेण्ड्सका जामउल एन्थोनीले ४७ मिनेटमा गोल गरेका थिए।
लिगमा आर्मी ९ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको ९ खेलबाट १९ अंक छ भने शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको ८ खेलबाट २० अंक छ।
यता थ्रीस्टार १६ अंक जोडेर चौथो स्थानमा उक्लिएको भने पाँचौ स्थानमा झरेको संकटाको १४ अंक छ।