अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी पुस २२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा एजेन्डा थप गर्न माग गरिएको छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, अर्का उपाध्यक्ष वीरबहादुर खड्का, सदस्यद्वय किरण राई र दावा लामाले एजेन्डा थप गर्न माग गरेका हुन्।
यसअघि एन्फाले बैठकका लागि विभिन्न १९ एजेन्डामा छलफल हुने भन्दै सदस्यहरूलाई पत्र पठाएको थियो।
ती बाहेक थप एजेन्डामा छलफल हुने पर्ने भन्दै चार जनाले आइतबार एन्फामा निवेदन दर्ता गराएका छन्।
वरिष्ठ उपाध्यक्ष नेम्बाङले थप ६ वटा विषयमा छलफल हुनु पर्ने बताएका छन्। जसमा जारी ए डिभिजन लिगको कान्तिपुर टिभिसँग भएको सम्झौता, लिगको गेट टिकट विक्री सम्बन्धी भएको सम्झौता, वर्ष खेलाडी र लाईफटाईम एचिभमेन्ट पुरस्कार, प्रशिक्षकहरुको तलव वृद्धि, राखेप, एएफसी र फिफाबाट पारित विधान र एन्फाले भाडामा लिएको घरको विषयमा छलफल हुने पर्ने माग राखेका छन्।
अर्का उपाध्यक्ष खड्का भक्तपुर जिल्ला फुटबल संघ, शेर्पा आउटडोर स्पोर्ट्स गुड इन्डस्ट्रिज भाटभटेनीसँगको सम्झौता, लिग संयोजक विज्ञान राज शर्माले खेलाडी डटकममा दिएको अभिव्यक्ति, १९औं साधारण सभाले ११ जिल्लालाई ५०/५० लाख दिने निर्णय, रौतहटको प्राजेक्ट र एन्फा कर्मचारीको सम्झौता पत्र सम्बन्धमा छलफल गर्न एजेन्डा छलफल गर्नु पर्ने माग गरेका छन्।
यस्तै सदस्य लामाले पेश्की तथा सापटी, हवाई टिकट, फुटसल लिगका लागि टर्नपाइकसँगको सम्झौता र फाइनाइन्स निर्देशकको एजेन्डा थप गर्न पत्र दर्ता गराएका छ्न्।
सदस्य राईले त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम, केन्द्रीय निर्वाचन समिति गठन र विषय सूचि संसोधन सम्बन्धमा (विषय सूचि नम्बर १३) संघको नियमित साधारण सभा मात्र उल्लेखित भएको दाबी गर्दै संघको निर्वाचन मिति घोषणा सहितको विषय सूचि संसोधनको एजेन्डा थप गर्नु पर्ने माग गरेका छन्।