त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
शुक्रबार भएको पहिलो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा खेलमा अग्रता आर्मीले पहिले लियो।
आर्मीका लागि खेलको ६३ मिनेटमा जर्सप्रिन्स कार्कीले गोल गरे।
चार मिनेटपछि एपिएफले बराबरी गोल फर्कायो। एपिएफका लागि बिकी तामाङले गोल गरेका थिए।
जितसँगै एपिएफले ७ खेलबाट ६ अंक जोड्यो। एपिएफ अंक तालिकाको एघारौं स्थानमा छ। यता चौथो स्थानको आर्मीको ७ खेलबाट ११ अंक छ।