सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
आइतबार सांँझ दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
बराबरीसँगै आर्मीको एएफसी कपमा छनोट हुने लक्ष्य समाप्त भएको छ।
सातौं चरणसम्ममा शीर्ष हुने टिम एएफसी कपमा पुग्ने प्रावधानअनुसार आर्मीले अर्को चरणमा जित हात पारे पनि शीर्ष स्थानको मछिन्द्र क्लबलाई पछि पार्न सक्ने छैन।
जितसँगै चौथो स्थानको आर्मीले ६ खेलबाट १० अंक जोडेको छ। शीर्ष स्थानको मछिन्द्रको १४ अंक छ।
थ्रीस्टार भने ७ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ।