सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबले अंक बाँडेका छन्।
शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीसँगै पुलिस क्लब ६ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ।
अहिलेसम्म जितविहीन फ्रेण्ड्स ३ अंक जोड्दै अंक तालिकाको पुछारमा छ।
लिगमा शनिबार हिमालयन शेर्पा क्लब र च्यासल क्लबबीच पहिलो खेल हुनेछ। दोस्रो खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।