बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग बराबरीमा रोकिएको छ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो।
जित्ने उद्धेश्यसहित मैदान उत्रिएको नेपाली टोलीलाई बंगलादेशले बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो।
यसअघि आजै भएको पहिलो खेलमा भुटानले श्रीलंकामाथि ५-० को फराकिलो जित निकाल्यो।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन्।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागितामा सहभागिता जनाएका छन्।
नेपालले अब दोस्रो खेलमा श्रीलंकाविरूद्ध बुधबार खेल्नेछ।
नेपालको तेस्रो खेल भुटानविरूद्ध डिसेम्बर शुक्रबार र शनिबार खेल्नेछ। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।
यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगितामा बंगलादेशले उपाधि जितेको थियो। फाइनलमा नेपाललाई १-० गोल अन्तरमा हराउँदै बंगलादेशले उपाधि हात पारेको थियो।