मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार दशरथ रंगशालामा भएको चौथो चरणको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २-० गोलले पराजित गर्दै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
मनाङको जितमा अफिज ओलावाले र दिनेश राजवंशीले एक एक गोल गरे।
ओलावालेले खेलको ४१ मिनेटमा पहिलो गोल गरे। उनले कप्तान अन्जन विष्टको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
७३ मिनेटमा दिनेशले हेडमार्फत मनाङको अग्रता दोब्बर पारे। पुजन उपरकोटीले कर्नर एसिया नजिकबाट हानेको फ्रिकिकमा दिनेशले हेडमार्फत गोल गरे।
जितसँगै शीर्ष स्थानमा पुगेको मनाङले ४ खेलबाट १० अंक जोडेको छ। मनाङले चार मध्ये ३ खेलमा जित हात पार्दा १ खेलमा बराबरी खेलेको छ। फ्रेण्ड्स भने ४ खेलबाट २ अंक जोड्दै १२औं स्थानमा छ।
दोस्रो स्थानमा झरेको सातदोबाटो युथ क्लबको ३ खेलबाट ७ अंक छ। तेस्रो स्थानको साविक विजेता मछिन्द्र फुटबल क्लबको पनि ३ खेलबाट ७ अंक छ।