कर्णाली प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको सबैभन्दा ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता ‘कर्णाली प्रिमियर लिग’मा सहभागी हुने टिमको टुंगो लागेको छ।
प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा भाग लिन राष्ट्रिय तथा स्थानीय गरि जम्मा १० टीमको सहभागिता रहने छ ।
प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही–११, महाकाली क्रिकेट क्लब, भेरिगंगा स्पोर्ट्स क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब र धनगढी क्रिकेट एकेडमी सहभागी हुने आयोजक बन्धु विकास सहकारी संस्थाले जनाएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा रुपेस श्रीवास्तव, रोयल राइजिङ क्रिकेट क्लवमा विवस गिरी, मध्यपश्चिम क्रिकेट क्लबमा सुबेन्दु पाण्डे, त्रिभुवन आर्मी क्लबमा विनोद भण्डारी, रुपन्देही–११ मा शक्ति गौचन, महाकाली क्रिकेट क्लबमा प्रदीप ऐरी, भेरिगंगा स्पोर्ट्स क्लबमा लोकेन्द्र विक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा सञ्जय बस्नेत, एबीसी क्लबमा रवीन्द्र साही तथा धनगढी क्रिकेट एकेडमीमा भुवन कार्कीको कप्तानी रहने छ।
‘कर्णाली प्रिमियर लिग’ जेठ ३ गतेदेखि रंगशालामा हुनेछ।
रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पाउने छन्।
प्रतियोगितामा प्रत्येक दिन आउने दर्शकमध्ये लक्की ड्रअमार्फत –भाग्यशाली चिठ्ठामार्फत् १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिने छ।