घरेलु टोली श्रीलंकालाई २ विकेटले हराउँदै बंगलादेश तीन देश सम्मिलित निदाश ट्वान्टी-२० सिरिजको फाइनलमा पुगेको छ।
शुक्रबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको १६० रनको लक्ष्य बंगलादेशले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशलाई जिताउन महमुद्अल्लाहाले बिस्फोटब पारी खेले १८ बल खेलेका उनले २ छक्का र ३ चौकासहित ४३ रनमा नटआउट रहे। यसअघि तामिम इकवालले ५० रन बनाएका थिए।
पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनायो। उसका लागि कुशल परेराले ६१ तथा थिसारा परेराले ५८ रन बनाए।
यसअघि भारतसँग पराजित भएको बंगालदेश फेरि उपाधिका लागि उसैसँग खेल्न भएको छ।