१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा नेपालले भुटानलाई २ - १ गोलअन्तरले पराजित गरेको छ।
जितपछि खेलाडीहरूले विजय उत्सव मनाएका छन्।
मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको छ। नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।
कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।
खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।
तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ।
तस्बिरहरू: