ब्राजिलमा जन्मिएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका चेल्सीका प्रशिक्षक आन्टोनियो कोन्टेमाथि गम्भीर टिप्पणी गरेका छन्। उनले कोन्टेसँग लिग जिताउने चमत्कारिक योजना नभएको आरोप लगाएका छन्।
प्रिमियर लिगको नयाँ सत्रका लागि लन्डन फर्किएका कोस्टा गत सिजनको सर्वाधिक गोलकर्ता थिए। उनी गत सिजनको खेल समाप्त भएपछि पुरै समय ब्राजिलमा बसेका थिए। उनले यसअघि पनि कोन्टेले आफूलाई नरुचाएको आरोप लगाउँदै आइरहेका छन्।
इटालियन प्रशिक्षक कोन्टेले चेल्सीसँगको सम्झौता नवीकरण गर्न खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाएका थिए। र उनले क्लबका अन्य साथीसँग आफ्नो सम्बन्ध त्यति राम्रो नभएको बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेललाई बताएका थिए।
‘जनवरीमा प्रशिक्षकसँग यस्तो घटना भएको हो,’ कोस्टाले डेली मेललाई भने, ‘म क्लबसँग सम्झौता नवीकरणको नजिक थिए। तर, बीचैमा रोकियो। मलाई शंका छ, यसको पछाडि प्रशिक्षकको हात छ।’