हार्दिक पाण्ड्याको बिस्फोटक सतकको सहयोगले भारतले श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा ४ सय ८७ रन बनाएको छ। पाण्ड्याले ९६ बलमा आठ चौका र सात छक्काको सहयोगले १ सय ८ रन बनाएका थिए।
उनी टेस्टको एउटै इनिङमा सर्वाधिक छक्का हान्ने दोस्रो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। यसअघि नवजोत सिंह सिद्दुले ८ छक्का प्रहार गरेका थिए। उनी वीरेन्द्र सहवाग, हरभजन सिंहसँगै दोस्रो नम्बरमा परेका छन्।
पाण्ड्याको टेस्टमा यो पहिलो सतक थियो। यसअघि क्रिकेटको तीन वटा फरम्याटमा उनको नाममा सतक थिएन्। उनी आठ नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिँएका थिए। पाण्ड्याले अन्तिम २५ बलमा ५० रन बनाएका थिए।