रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले आइतबार बिहान ‘अल क्लासिको’ भिडन्तपछि बार्सिलोनाका स्ट्राइकर नेइमारको विषयमा रोचक प्रतिक्रिया दिएका छन्।
उनले बार्सिलोनाबाट ३–२ को पराजय भोगेपछि पत्रकार सम्मेलनमा भने– नेइमारको बार्सिलोनाबाट बर्हिगमन आफ्नो क्लबका लागि सुखद पक्ष हुनेछ।’ उनले म्याड्रिडविरुद्धको खेल नै सम्भवत नेइमारको बार्सिलोनाबाट अन्तिम खेल भएको दावी गरेका छन्।
नेइमारसँग रामोसको सम्बन्ध राम्रो छ। रामोसले खेल सकिएपछि नेइमारसँग जर्सी साटेका थिए। पत्रकार सम्मेलनमा जर्सी साट्नुको कारण औल्याउँदै रामोसले भने, ‘मैले उनीसँग जर्सी साटे। मलाई लाग्यो, बार्सिलोनाबाट उनको अन्तिम खेल हो।’
उनले भेटका क्रममा नेइमारले आफूलाई कुनै जानकारी नदिएको र आफूलाई पनि नीजि कुरा सोध्न मन नलागेको बताए। ‘सबै जना आफ्नो भविष्यको बारेमा सोच्न स्वतन्त्र छन्। मलाई लाग्छ, उनी उत्कृष्ट खेलाडी हुन र बार्सिलोनाका लागि महत्वपूर्ण खेलाडी पनि हुन्। ठूलो खेलहरुमा उनको उपस्थिति हाम्रो लागि समस्या बन्ने गथ्र्यो। अब यसबाट हामी मुक्त हुनेछौं,’ उनले भने।