सरकारले काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारू गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारू गराउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
बिहिबार काठमाडौंमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभालाई सम्बोधन गर्दै उनले मैदान निर्माणको कामलाई अघि बढाउन जग्गासम्बन्धि विवाद समाधान गर्न मन्त्रीपरिषदमै प्रस्ताव लैजान लागिएको पनि जानकारी दिए।
मन्त्रिपरिषदले जग्गासम्बन्धि विवाद समाधान गर्ने वित्तिकै मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्यले गति लिने मन्त्री विश्वकर्माको विश्वास छ।
मन्त्री विश्वकर्माले क्यानमा देखिएको विवाद चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे। उनले क्यान भित्र देखिएको विवाद समाधान गर्न आवश्यक पहल गरिदिन संचारकर्मीहरुसँग पनि आग्रह गरे।
मन्त्री विश्वकर्माले क्रिकेट विवाद समाधानका लागि सबै मिलेर अगाडि नबढे ठूलो दुर्घटना हुने बताए।
मन्त्री विश्वकर्माले एउटा बच्चामाथि दुई वटा आमाको दावीको उदाहरण दिँदै नेपाली क्रिकेट पनि त्यस्तै अवस्थाका कारण पछि परेको र यसको समाधानका लागि मन्त्रालयले खेल्ने उचित भूमिका निर्वाह गर्ने बताए ।
साथै उनले क्यानमा अहिलेसम्म बुझेका ब्यक्तिले क्रिकेट हाँकेको र यसको विकाशका लागि, खेलाडीका लागि जस्तो गर्दा राम्रो हुन्छ त्यो गर्न आवश्यक रहेको बताए। साथै उनले आवश्यकता र औचित्यका लागि जुन आवश्यकता छ त्यसमा मन्त्रालयले पनि साथ दिने विश्वास दिलाए ।
[caption id="attachment_151287" align="alignnone" width="1200"]
नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभामा सहभागी युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार र साथमा क्यानका वरिष्ठ अधिकारीहरू। तस्बिरः निशा भण्डारी[/caption]
नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभामा सहभागी युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार र साथमा क्यानका वरिष्ठ अधिकारीहरू। तस्बिरः निशा भण्डारी
सल्लाहकार समितिको छलफलमा जुन किसिमले विधान संशोधन हुन गइरहेको छ यसले नेपाली क्रिकेटको भविष्य उज्यालो हुने बताए। यसमा आइसीसीले पनि जस्तो भूमिका खेलेको छ र उसले दिएका निर्देशनलाई पालना गरेर अगाडि बढ्नुहुने आशा रहेको बताए।
मोनिटरीङ कमिटीलाई निष्पक्षताका साथ काम गर्ने वातावरण बनाउनुहुनेमा विश्वस्त रहेको बताए ।
नेपालको विशेष साधारणसभाका लागि आइसीसीका प्रतिनिधिका रुपमा अमर शेख नेपाल आएका छन्।
यसअघि विधानमा रहेका विवादित बुँधालाई हटाएर नयाँ विधानलाई यो साधारण सभाले पारित गर्नेछ । साधारणसभा भोलिसम्म चल्नेछ ।
२०७४ भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै निर्वाचन साधारणसभामा १७ जना सदस्यले स्वतः भाग लिन पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का ७ जना पदाधिकारीहरु बिना मताधिकार साधारणसभामा रहन पाउनुपर्ने व्यवस्था गरेको थियो।
उक्त संशोधन विधानलाई आइसीसीले अस्वीकृत गरेपछि गत माघमा आइसीसीसँगको छलफलमा उक्त संशोधित बुदाँहरु हटाउँदै सल्लाहकार समितिले बनाएको विधान पारित गर्न क्यानका पदाधिकारीहरु राजी भएका छन्।
सोही सहमति बमोजिम क्यानको विधान संशोधन गर्न क्यानको साधारण सभा हुन लागेको हो। साधारण सभाले क्यानको विधान सहमति बमोजिम गरे आइसीसीले आगामी जुनमा हुने उसको वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ।
यो साधारण सभाका लागि आइसीसीले पनि बजेट निकासा गर्नुका साथै सकारात्मक रुपमा लिने बताइसकेको छ । यदि विवादित बुधाहरुलाई हटाएर विधान पारित भएमा दुई बर्ष देखिको अपाङग क्यानले नयाँ स्वरुप पाउने निश्चित देखिएको छ ।
https://www.youtube.com/watch?v=mgObwdT_r3M&feature=youtu.be