पहिलोपटक नेपाली खेलाडी इन्डियन प्रिमियर लिग ( आईपिएल ) मा अनुबन्ध भएपछि मुलुकभरी नै खुसीयाली छाएको छ।
नेपाली उदयमान क्रिकेटर सन्दीप लामिछाने पहिलो पटक आईपिएलमा अनुबन्ध भएपछि अहिले उनको चर्चा देशभित्र मात्रै नभई विश्वभरी नै भइरहेको छ। अहिलेसम्म कुनै पनि नेपाली खेलाडी इन्डियन प्रिमियर लिग ( आईपिएल ) मा खेल्न पाएका थिएनन्। नेपाली खेलाडी सन्दीपलाई इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्ली डेयर डेविल्सले अनुवन्ध गरेकाले उनी आईपिएलमा खेल्न पाउने भएका हुन्। आगामी अप्रिल ७ देखि सुरू हुने आईपिएलको लागी दिल्ली डेयर डेविल्सले अनुबन्ध गरेसँगै अहिले सबैतिर सन्दीपको चर्चा भइरहेको छ। सन्दीपको यो खबर थापा पाएर उनका परिवार मात्रै होईन् सारा नेपालीले उनको प्रशंसा गर्दै गौरवको महसुस गरिरहेका छन्। उनको परिवारमा अहिले खुसीको सीमा नै छैन।
चितवनको रत्ननगर ८ मा बस्दै आएका सन्दीपको वुवा ,आमा, भाउजु , भतिजीसँगै भारतमा रहेका उनका दाजु र नेपालमै रहेका उनको ३ दिदीहरू अहिले खुसी छन्।
पढेर जागिर खाए स्टाफले मात्रै चिन्छन् तर राम्रो खेलाडी बन्न सके सारा विश्वले चिन्नेछन् भनेर सन्दीपले भनेका कुरा अहिले उनका परिवारले सम्झिरहेका छन् । नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछानेका बुबा चन्द्रनारायण लामिछानले ति दिन सम्झिदै आफूले देखेको सपना पूरा भएको बताए।
सन्दीपले पढाईलाई भन्दा बढी लगाव क्रिकेटमा दिन्थे। त्यसो भएपनि आफूले कहिले पढाईका लागि दबाब नदिएको उनका बुबाले बताए ।
सुरूमा अण्डर नाईन्टिनमा सहभागिता जनाएका सन्दीपले चामत्कारीक प्रर्दशन गर्दै गए। उनले सन् २०१६ मा राष्ट्रिय टोलीमा सहभागिता जनाउने मौका पाए । नेपालमा भएको केन्या विरुद्धको खेल हेर्दा उनका वुवाले छोराले क्रिकेटमा ठुलै छलाङ मार्छ भन्ने महसुस भएको बताए । उनकै प्रर्दशनकै कारण आईपिएलमा दिल्ली डेयर डेविल्सले वोलकवोलमा भारु २० लाखमा खरीद गर्यो । सन्दीप अहिले अभ्यास खेलका क्रममा युएईमा छन्। सन्दीपले क्रिकेटमा पाएको सफलताले उनकी आमा कोपिलादेवी लामिछानेको खुसीको सिमै छैन् ।
क्रिकेटमा पाएको सफलतापछि सन्दीपका परिवारलाई वधाईको ओईरोनै लागेको छ । छोराका कारण अहिले नेपालभर चिनिने मौका पाउँदा उनको परिवार दंग छ ।