इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा सिटी विजयी भएको छ। म्यान्चेस्टर युनाइटेडलाई २ – १ ले पराजित गरेपछि सिटीले ११ हंकको अग्रता कायम गरेको छ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि डेभिड सिल्भा र निकोलस ओटामेन्डीले एक-एक गोल गरे। सिटीले खेलको ४३ औं मिनेटमा सिल्भाको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफकै अन्तिम मिनेटमा युनाइटेडका रास्फोर्डले गोल गर्दै पहिलो हाफमा १–१ गोलको बराबरी बनाए।
खेलको ५४ औं मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै सिटीलाई २ – १ को जित दिलाउन सफल भए। जितसँगै लिगमा १६ खेल खेलेको सिटीको १४ खेलकाे अपराजित यात्रा कायमै छ। लिग लिडर सिटीले १६ खेलबाट ४६ अंक जोडेको छ भने दोस्रो स्थानको युनाइटेडको ३५ अंक छ।
तेस्रो स्थानको चेल्सी पनि शनिबार वेस्ट ह्यामसँग पराजित भएपछि ३२ अंकका साथ तेस्रो स्थानमा नै रहेको छ।