एसियाली राष्ट्र सिंगापुरको पासपोर्ट विश्वमै शक्तिशाली भएको एक सर्वेक्षणले देखाएको छ। ग्लोबल एडभाइजरी फर्म आर्टोन क्यापिटलले बुधबार सार्वजनिक गरेको सूची अनुसार सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सूचीमा परेको हो।
सिंगापुरका नागरिक धेरै देशमा फ्रि भिसामै जानसक्ने अवस्था रहेको उक्त तथ्यांकले देखाएको हो। चीन, क्युबा, ब्राजिलजस्ता देशमा जान सिंगापुरका नागरिकलाई फ्रि भिसाको व्यवस्था छ । यस्तै दोस्रो स्थानमा जर्मनी तथा तेस्रो स्थानमा स्विडेन र दक्षिण कोरियाको पासपोर्ट परेको छ।
उक्त सूचीमा जापान, नर्वे, स्पेन, फ्रान्स, इटाली, फिनल्याण्ड, डेनमार्क र युके चौँथो स्थानमा छन्।
नेपालको पासपोर्ट कति शक्तिशाली ?
उक्त इन्डेक्सअन्तर्गत विश्वका पासपोर्टहरुमध्ये नेपाली पासपोर्ट ८९औँ शक्तिशाली पासपोर्टका रुपमा रहेको छ ।
नेपाल र श्रीलंकाले समान ३६ अंक पाएका हुन् भने दक्षिण एसियाली राष्ट्रहरुमा क्रमशः अफगानिस्तान ९४औँ, पाकिस्तान ९३औँ, बंगलादेश ९०औँ, भुटान ७६औँ, भारत ७५औँ र माल्दिभ्स ५४औँ शक्तिशाली पासपोर्ट भएका देशहरु बनेका छन् ।
दक्षिण एसियामा नेपाल माल्दिभ्स, भारत र भुटानपछि चौँथो शक्तिशाली पासपोर्ट भएको देश हो।
जम्मा भिसा फ्रि स्कोरका आधारमा पासपोर्टको प्रभावकारिताको मूल्यांकन गर्ने गरिन्छ।