दरबारमार्गस्थित होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्थामा भेटिएका छन् ।
७४ वर्षीय हेनरिज इदीहाड होटलको कोठा नम्बर ३३६ मा मृत अवस्थामा भेटिएको दरबारमार्ग प्रहरीका डिएसपी तिलक भारतीले बताए।
३ दिनदेखि उनी त्यहाँ बस्दै आएका थिए। उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए।