काठमाडौंको मैपीमा आइतबार विहान गोली चल्दा एक जना घाइते भएका छन् ।
स्कुटर चलाइरहेका कल्याण गुरुङको घुडाँमा गोली लागेको काठमाडौं प्रहरीका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। घुँडामुनि गोली लागेका गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी गोली चलाउने ५ जनालाई नियन्त्रणमा लिएको छ। डिस्कोमा युवतीका विषयमा २ समूहवीच झगडा भएको र वाहिर निस्केपछि गुरुङमाथि गोली प्रहार भएको प्रहरीले बताएको छ।
'डिस्कोमा केटीका विषयमा विवाद हुदाँ गोली चलेको देखिन्छ, 'एसएसपी धानुकले भने, 'यस विषयमा अनुसन्धान भइरहेको छ।'