नेपालीहरूको मौलिक संवत नेपाल संवत ११३८ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली निकालेको छ। दिपावली अन्तरगतको नेवारी समुदायमा प्रचलित म्ह पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा आज दिन हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना र्यालीमा निकालेको हो।
नेवाःखलकाको आयोजनमा भएको र्यालीमा विभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने थियो। र्यालीमा पोखराको सभागृहचोकबाट सुरू भई पोखराका मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो। भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरेका थिए।
नेपालको मौलिक सम्बतका रूपमा रहेको नेपाल संवत राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन्। साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौं, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत चलाएका हुन्। सरकारले नेपाल सम्बतका प्रवर्द्धक साख्वालाई विक्रम संवत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।