हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खस्दा एक चाइनीज पर्यटक अस्वस्थ भएकी छन् । दिउँसो करिब साढे दुई बजे हावा हुरी र पानी आउँदा ७ वटा प्याराग्लाइडिङ खसेका थिए।
स्थानीय जलारी समुदायले तत्कालै उद्धार गरेपछि अन्यको सकुसल उद्धार भएको हो। घाइते चाइनीज पर्यटको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय व्यवसायी अजुर्न सुवेदीका अनुसार कालो बादलसँगै हावाहुरी आउँदा आकाशमा उडिरहेका प्याराग्लाइडिङ एकपछि अर्को गर्दै तालमा खसेको बताए । उनले स्थानीय जलारी समुदायले तत्काले उद्धार गरेका कारण कुनै क्षति हुन नपाएको बताए ।
‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरूले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए ।
https://youtu.be/-0LrbcQSxiE