८८ किलो सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ परेका छन् ।
उनलाई अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
'सुन तस्करीमा उनको भूमिका पनि देखिएको छ, त्यसैले अनुसन्धानका लागि उनलाई पक्राउ गरेका हौंँ, 'अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए।
गत भदौ १९ गते रसुवाको केरुङ हुँदै आएको ८८ किलो सुन क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको थियो।
नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका उनले केरुङबाट काठमाडौंमा १५ वटाभन्दा बढी साना गाडी संचालन गरेका छन् ।
सुनका मुख्य मालिक भनिएका चिनियाँ दम्पत्ति पान वइ मिङ र यान बेङ विङका उनी विश्वासपात्र हुन् ।