एमबीबीएसको प्रवेश परीक्षामा चिट चोर्ने थप १९ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले कमलपोखरी, स्वयम्भ, चावहिल लगायतका परीक्षा केन्द्रबाट १९ जना पक्राउ गरेको हो।
यस अघि प्रहरीले ११ जनालाई पक्राउ गरेको परीक्षार्थीलाई वायरलेस डिभाईस उपलब्ध गराउने, शरिरमा चिप्स प्रयोग गर्ने नयाँ प्रविधी अपनाएर चिट चोरी गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेहरु अधिकांश भारतीय नागरिक छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। कन्सल्ट्यान्सीमार्फत परीक्षार्थीहरुले चिट चोर्ने भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
'यहाँ कन्सल्ट्यान्सीले लाखौं रुपैयाँ विद्यार्थीहरुबाट उठाएको देखिन्छ,' हामी अनुसन्धान गर्दैछौं, 'अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने , यहाँ करोडौंको खेल भएको छ, राम्रा पढ्ने विद्यार्थी मर्कामा परे ।'