६ करोड ठगीको आरोपमा एनआरएनका आइसिसि सदस्य अनुज थापा पक्राउ परेका छन् ।
एनआरएनएको आठौं विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बेला कमलपोखरी क्षेत्रबाट उनी पक्राउ परेका हुन् । जापानी प्रोफेसर यामामोतो हिराकुको ६ करोड रुपैयाँ ठगेको आरोप उनीमाथि छ ।
नेपालमा शिक्षा क्षेत्रमा काम गर्ने भन्दै उनले हिराकुसँग ६ करोड लिएका थिए ।
पछि फरार भएपछि काठमाडौं आएको मौका छोपी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी दरबारमार्गमा रहेको होटल उडल्याण्डका मालिक हुन् ।